कात्तिक २४, काठमाडौं । पत्रकार सरोजराज अधिकारी बुधबार मृत भेटिएका छन् । काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले काठमाडौंको सुन्धारास्थित एक होटलमा उनी मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी तीन दिनदेखि होटलमा थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
