भूकम्पले घर भत्किँदा घाइते भएकालाई हेलिकप्टरबाट उद्धार गरिँदै

Byपहिलो सुचना

२०७९ कार्तिक २३, बुधबार १०:३६ २०७९ कार्तिक २३, बुधबार १०:३६ २०७९ कार्तिक २३, बुधबार १०:३६

कात्तिक २३, काठमाडौं । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो ।

उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट डोटीशको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ वटा घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook