शीर्ष नेतालाई चुनावअघि नै विजयी घोषणा गर्न भीम रावलको माग

Byपहिलो सुचना

२०७९ कार्तिक ९, बुधबार १५:२७ २०७९ कार्तिक ९, बुधबार १५:२७ २०७९ कार्तिक ९, बुधबार १५:२७
फोटो फाईल

कात्तिक ९, काठमाडौं । एमाले नेता भीम रावलले राजनीतिक दलका शीर्ष नेतालाई निर्वाचनअघि नै विजयी घोषणा गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आयोगले सामाजिक सञ्जालमा शीर्ष नेताविरुद्ध ‘नो भोट अगेन’ अभियान चलाउनेलाई एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएकामा रावलले ब्यंग्य गरेका हुन् । ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला रु’

आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको टिप्पणी रावलले गरे । आयोगले मंगलबार एक सूचना जारी गर्दै ‘ल्य ल्यत ब्नबष्ल’, ‘ल्इ ल्इत् ब्न्ब्क्ष्ल्’ र ‘ल्य ल्यत बनबष्ल’ नामका फेसबुक पेज र ग्रुपलाई बन्द गर्न र भ्रामक तथा द्वेषपूर्ण सामग्री हटाउन र नहटाए कारबाही गर्न निर्देशन दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook