कात्तिक २, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न ७ बुँदे निर्देशन दिएको छ ।
निर्वाचनमा लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी प्रचार गर्ने, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई हिड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा र भेला आयोगना गर्ने गरेको भन्दै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नको लागि भन्दै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न लिखित ७ बुँदे निर्देशन दिएको हो ।
हेर्नुहोस् आयोगले जारी गरेको निर्देशन


