साउन २७, काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
प्रदेशसभा बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेल प्रदेशप्रमुख अमिक शेरचनलाई भेटेर राजिनामा पत्र बुझाएका हुन्।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिएकोबारे जानकारी गराउँदैछन्।
पोखरेलले लुम्बिनी प्रदेशसभामा विश्वास गुमाइसकेका थिए। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन लिएर ४१ प्रदेशसभा सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
