सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै धादिङमा पैसा ठगी

Byपहिलो सुचना

२०७९ आश्विन ३०, आईतवार ०६:३९ २०७९ आश्विन ३०, आईतवार ०६:३९ २०७९ आश्विन ३०, आईतवार ०६:३९

असोज ३०, धादिङ । धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन् ।

पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन् ।

महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’ भनेर होटल सञ्चालक सेती गुरुङसँग रु ११ हजार नगद लिएर गायब भएको होटल सञ्चालक गुरुङले बताइन् ।

शुक्रबार ती व्यक्तिले छोडेको झोला शनिबार खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ ।

सुनौला बजारका एक जना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान अहिले पुर्‍याइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले सामान यही होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै रु ११ हजार लिएर गएको होटल सञ्चालक गुरुङले बताइन् ।

सुन, डलर पैसालगायत जिन्सी सामान राख्दिनु अहिले एकछिनमा आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको उनको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook