राससका २२ पत्रकार हटाउन लागिएको भन्दै विरोध

Byपहिलो सुचना

२०७९ आश्विन २८, शुक्रबार ११:४५ २०७९ आश्विन २८, शुक्रबार ११:४५ २०७९ आश्विन २८, शुक्रबार ११:४५

असोज २८, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का २२ जनालाई पत्रकारलाई हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघ र पेशागत पत्रकार संगठनहरुले विरोध जनाएका छन् ।

लामो समयदेखि कार्यरत करार र ज्यालादारीमा कार्यरत पत्रकारहरुलाई आउँदो कात्तिक १ गतेदेखि हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पत्रकारका नेताहरुसहित संयुक्त बैठक बसेको थियो । बैठकले पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा असोज २८ गते १ बजे महासंघको अगुवाइमा रासस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण शर्माले श्रमजिवी पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा चरणबद्ध आन्दोलनमा जाने बताए ।

समाजवादी प्रेस संगठनका कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल, प्रेस चौतारीको प्रदेश प्रतिष्ठान इन्चार्ज मोहन बास्तोला लगायतले श्रमजीजी पत्रकारहरुलाई कुनै पनि हालतमा हटाउन नदिइने बताए ।
त्यसअघि राससका अस्थायी, करार र ज्यालादारी पत्रकार कर्मचारी संघर्ष समितिका संयोजक रमेश गिरी नेतृत्वको टोलीले नेपाल पत्रकार महासंघ र पत्रकारका संघ संगठनका नेतृत्वलाई ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook