कानुन मन्त्रालयको जिम्मा ज्ञानेन्द्र कार्कीलाई

Byपहिलो सुचना

२०७९ आश्विन २७, बिहीबार १८:२१ २०७९ आश्विन २७, बिहीबार १८:२१ २०७९ आश्विन २७, बिहीबार १८:२१

असोज २७, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको हो ।

गैरसांसद मन्त्री बनेका गोविन्दप्रसाद कोइरालाको कार्यकाल सकिएपछि सो मन्त्रालयको जिम्मा कार्कीलाई दिएका हुन् । कोइरालाको कार्यकाल असोज २४ मा सकिएको हो ।

संविधान अनुसार गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउँछन् । कोइराला २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook