सन्दीपलाई अदालतबाट ७ दिन म्याद थप, इजलासमा भने, ‘म निर्दोष छु’

Byपहिलो सुचना

२०७९ आश्विन २४, सोमबार १४:२७ २०७९ आश्विन २४, सोमबार १४:२७ २०७९ आश्विन २४, सोमबार १४:२७

असोज २४, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ७ दिन म्याद थप गरेको छ ।

जिल्ला अदालतले असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए।

प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो। इजलासमा लामिछानेले आफू निर्दोष रहेको दावी गरेका छन्। उनले आफूले जबरजस्ती करणी नगरेको र सहमतिमै भएकाले दोषी भन्न नमिल्ने जिकिर गरेका छन्।

जिल्ला अदालतका एक न्यायाधीशको इजलासले सोमबार पहिलो पटक म्याद थप गरेको हो। अब दोस्रो पटक म्याद थपका लागि असोज २७ गते अदालत पेस गर्नु पर्नेछ।

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि सन्दीप न्यायिक हिरासतमा रहेका छन्। यसअघि दशैं बिदाका कारण उनलाई अदालत पेस गर्न सकिएको थिएन। साेमबारबाट अदालतको सेवा सुरु भएकाले अदालत लगिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook