अझै हुन सकेन कांग्रेसमा समानुपातिक सुचीबारे सहमति, आज पनि छलफल गर्दै

Byपहिलो सुचना

२०७९ आश्विन १६, आईतवार ०८:१० २०७९ आश्विन १६, आईतवार ०८:१० २०७९ आश्विन १६, आईतवार ०८:१०
Nepali congress

असोज १६, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची नमिलेपछि शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहेको थियो । तर पनि सहमति भने हुन सकेको छैन ।

शनिबार बिहान पनि ९ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको एक नेताले बताए ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो । त्यसैले कांग्रेस नेताहरु आज पनि छलफलमै छन् । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ । उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेपछि देउवा पक्ष अप्ठ्रोमा परेको छ । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट छ ।

त्यसैले कोइराला पक्षले सूची सच्याउन दबाव दिंदै आएको छ । आफूहरुको सम्मानजनक सहभागिता नभए गठबन्धनको उम्मेदवारविरुद्ध उत्रिने चेतावनी कोइराला पक्षका नेताहरुले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook