अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

Byपहिलो सुचना

२०७९ आश्विन ११, मंगलवार १९:३८ २०७९ आश्विन ११, मंगलवार १९:३८ २०७९ आश्विन ११, मंगलवार १९:३८

असोज ११, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलको अन्तरले पराजित गरेको हो ।

खेलको १८ औँ मिनेटमा गोल गर्दै अञ्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै खेलको २७ औँ मिनेटमा अञ्जनले दोस्रो गोल र ३८ औँ मिनेट तेस्रो गोल गरेका थिए । यससँगै उनले ह्याट्रिक पूरा गरे ।

पहिलो हाफसम्म नेपालले ३–० गोलको अग्रता बनाएको थियो । तर, खेलको ५७ औँ मिनेटमा बंगलादेशले एक गोल फर्कायो । बंगलादेशका लागि साजाद हुसेनले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook