आज न्यूरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध

Byपहिलो सुचना

२०७९ आश्विन १०, सोमबार ०८:१४ २०७९ आश्विन १०, सोमबार ०८:१४ २०७९ आश्विन १०, सोमबार ०८:१४

असोज १०, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध गरेको छ ।

बढ्दो सवारी चापलाई ध्यानमा राखेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा दिउँसोको समयमा गाडी (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) प्रवेश निषेध गरेको हो ।

कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि प्रवेश निषेध गरेको हो ।  

न्यूरोड जाने सबै किसिमका सवारीलाई अवस्था सामान्य नभएसम्म ‘डाइभर्सन’ गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook