नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्चमा रिट

Byपहिलो सुचना

२०७९ आश्विन ६, बिहीबार १६:०६ २०७९ आश्विन ६, बिहीबार १६:०६ २०७९ आश्विन ६, बिहीबार १६:०६
Supreme Court

असोज ६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सर्वोच अदालतमा बिहीबार रिट परेको हो ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार बिहीबार सुनिल रञ्जनसिंह लगायतको रिट परेको छ । रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook