गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो

Byपहिलो सुचना

२०७९ आश्विन ३, सोमबार २१:२५ २०७९ आश्विन ३, सोमबार २१:२५ २०७९ आश्विन ३, सोमबार २१:२५
Gun shot

असोज ३, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिका-८ मा एक जना पुरूषमाथि गोली हानेर भागेको प्रहरीले जनाएको छ ।


घाइते हुनेमा सर्लाहीका लाल मोहम्मद छन् । उनी गार्मेन्ट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।
घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ । घाइतेको अवस्थाबारे खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ । कार्यालयबाट पनि प्रहरीको टोली खटिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook