असोज ३, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।
उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको जानकारी दिए । गोली कसले र के कारणले चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
घाइतेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
