कञ्चनपुरमा सडेको अवस्थामा ३ जनाको शव भेटियो

Byपहिलो सुचना

२०७९ आश्विन ३, सोमबार ०९:०७ २०७९ आश्विन ३, सोमबार ०९:०७ २०७९ आश्विन ३, सोमबार ०९:०७

असोज ३, धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।

आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook