परराष्ट्र सचिव पौड्याल अमेरिका प्रस्थान

Byपहिलो सुचना

२०७९ आश्विन ३, सोमबार ०७:३१ २०७९ आश्विन ३, सोमबार ०७:३१ २०७९ आश्विन ३, सोमबार ०७:३१

असोज ३, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल अमेरिका प्रस्थान गरेका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको ७७ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौड्याल आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

न्युयोर्कमा रहँदा उनले ७७ औँ संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । उनले संयुक्त राष्ट्रसङ्घका साइडलाइनमा हुने उच्चस्तरीय बैठकमा सहभागी हुनका साथै राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook