असोज १, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूचि बनाउन नेकपा एमालेले छलफल थालेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा शनिबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले सिफारिस गर्नुपर्ने नामहरुको कानुन प्रबन्धबारे जानकारी गराएका थिए ।
उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार महासचिव पोखरेलले समानुपातिक सूचीको कुन क्लस्टरमा कति जनाको नाम बुझाउनुपर्छ भन्ने जानकारी गराएका हुन् । अर्को बैठक आइतबार विहान ११ बजे बैठक बस्नेछ ।
निर्वाचन आयोगले दलहरुले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची बुझाउन २ र ३ असोजको समय तोकेको छ ।
