नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक पद छाडेको अलमुताइरीको घोषणा

Byपहिलो सुचना

२०७९ भाद्र २६, आईतवार १७:२४ २०७९ भाद्र २६, आईतवार १७:२४ २०७९ भाद्र २६, आईतवार १७:२४

भदौ २६, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गरेका हुन् ।
गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए ।

तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए ।
विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी महिनादेखि उतै बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook