भारतीय सेनाध्यक्षद्वारा जङ्गी अड्डामा सम्मान निरीक्षण

Byपहिलो सुचना

२०७९ भाद्र २०, सोमबार ११:४२ २०७९ भाद्र २०, सोमबार ११:४२ २०७९ भाद्र २०, सोमबार ११:४२

भदौ २०, काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकुडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जंगी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।

सो अवसरमा उनले जंगी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानसेनापति शर्मा र उनिबीच अहिले भेटवार्ता भइरहेको छ । केहीबेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार आइपुगेका हुन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook