खाने तेल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा आगलागी

Byपहिलो सुचना

२०७९ भाद्र १२, आईतवार ०८:५७ २०७९ भाद्र १२, आईतवार ०८:५७ २०७९ भाद्र १२, आईतवार ०८:५७

भदौ १२, मलेखु । विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा दुर्घटना भएको छ ।

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

‘प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो,’ उनले भने ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook