नेकपा एसद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक, १३ उम्मेदवारको नाम सिफारिस

Byपहिलो सुचना

२०७९ भाद्र ९, बिहीबार १६:०२ २०७९ भाद्र ९, बिहीबार १६:०२ २०७९ भाद्र ९, बिहीबार १६:०२

भदौ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका  छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए ।

उनले अगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवम् निर्णय गर्न समयतालिका तय गरेको बताउनुभयो । उनले भने, “संविधानको रक्षा, संसद् पुनःस्थापना, मुलुकमा राजनीतिक स्थिरताका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

देशभरका लोकतान्त्रिक समाजवादी शक्ति एक ठाउँ भएर मुलुकको स्थिरता र स्थायित्वका लागि संसद् पूर्णकाल सञ्चालन गरी आगामी मङ्सिर ४ गते निर्वाचन गर्न लागिएको उनले जानकारी दिँदै निर्वाचनमा साझा उम्मेदवार उठाइने बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले अहिलेसम्म करिब सात लाख सदस्यता वितरण गरिसकेको जानकारी दिए । पार्टी स्थापनाको एक वर्षका अवधिमा दुई लाखभन्दा बढी व्यक्ति पूर्णकालीन सदस्य तथा पाँच लाख साधारण सदस्य भएको उनले जनाए । पाँच हजार वडा विस्तार गरेको पार्टीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा २७ प्रतिशत सिटमा उम्मेदवारी दिएको थियो । निर्वाचनमा नौ लाखभन्दा बढी मत प्राप्त भएको पार्टीले जनाएको छ । नेकपा (एमाले)को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै नेता तथा कार्यकर्ताको विद्रोहबाट पार्टीको जन्म भएको थियो । 

नेकपा एसद्वारा सङ्घ र प्रदेशको उम्मेदवारी सिफारिस
नेकपा एकीकृत समाजवादी कालीकोटले आगामी मङ्सिर ४ हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि १३ उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एक मात्र सङ्घीय निर्वाचन क्षेत्रका लागि पाँच जनाको र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि आठ जनाको नाम सिफारिस गरेर प्रदेश तथा केन्द्रमा पठाइएको हो ।  सङ्घीय निर्वाचन क्षेत्रका लागि तुलाराज विष्ट, लालबहादुर मल्ल, दानबहादुर विक, कृष्णकला पाण्डे, राजुसिंह दर्जीलाई नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव खडानन्द चौलागाइँले जानकारी दिए ।

“केन्द्रको निर्देशन अनुसार नै नाम सिफारिस गरेर पठाएका छौँ । ”उनले भने,“आगामी निर्वाचनको तयारीमा पार्टी लागेका कारणले उम्मेदवारको नाम छनोट गरेर पठाएका हौँ ।” दुई वटा प्रदेशसभा रहेको जिल्लामा प्रदेश (क) बाट कुर्मराज शाही, विजया विष्ट, रवीन्द्र शाही, आशा शाही नाम सिफारिस गरिएको सचिव चौलागाईँले जानकारी दिए ।  प्रदेश निर्वाचन क्षेत्र (ख) बाट विश्वराज बम, तुलाराज सिम्खडा, दुर्गा शाही (न्यौपाने) र जडेनी बमलाई सिफारिस गरिएको छ । 

यही भदौ १० गतेभित्र उम्मेदवार सिफारिस गरिसक्नु पर्नेमा एकीकृत समाजवादीले जिल्ला कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका बैठकबाट सर्वसम्मत नाम सिफारिस गरेर पठाएका सचिव चौलागाईंले जानकारी दिए । “पार्टी पूर्ण रुपमा निर्वाचनमा होमिएको छ ।” उनले भने, “पार्टी केन्द्रको निर्देशन अनुसार अहिले हामी गाउँ गाउँमा निर्वाचनका लागि अभियान नै सञ्चालन गरेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook