गोरखामा तीजको दर खाएका एक सयभन्दा बढी बिरामी

Byपहिलो सुचना

२०७९ भाद्र ८, बुधबार १२:०३ २०७९ भाद्र ८, बुधबार १२:०३ २०७९ भाद्र ८, बुधबार १२:०३

भदौ ८, गोरखा । गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७  मान्द्रेढुंगाका महिला तथा पुरूष तीजको भोज खाएपछि बिरामी परेका हुन् । 

वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् ।

‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरूष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्’, उनले भने, ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरू गरिएको छ ।’

स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए ।

बिरामीको घर-घरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए ।

बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए ।

बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले बताए । 

बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । ‘केही आफैं गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्’, उनले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook