थप ४५५ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ श्रावण २९, आईतवार १६:४३ २०७९ श्रावण २९, आईतवार १६:४३ २०७९ श्रावण २९, आईतवार १६:४३

साउन २९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर २ हजार ३३८ पीसीआर तथा २ हजार ५२१ एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ ।

आइतबार ३०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ४३५ कोरोनाका सक्रिय संक्रमित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook