एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

Byपहिलो सुचना

२०७८ श्रावण २६, मंगलवार ०९:४१ २०७८ श्रावण २६, मंगलवार ०९:४१ २०७८ श्रावण २६, मंगलवार ०९:४१

साउन २६, काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण फिलिपिन्समा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ। यो च्याम्पियनसिप यहि अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तय भएको थियो।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दका अनुसार फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो ।

“एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले फिलिपिन्स भलिबल फेडेरेसनलाई अक्टोबर अन्तिम साता च्याम्पियनसिप गर्नका लागि सुझाव दिएको छ। तर सहभागी टिमको कोभिड-१९ को अवस्था हेरेर मात्र यसबारे निर्णय हुनेछ,” चन्दले भने।

कोभिडका कारण प्रवेश निषेध रहेकोले नेपाल पनि च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको थियो। तर एभिसीले नेपाललाई अर्को संस्करणमा सहभागी गराउने जनाएको छ।

एसियन भलिबल कन्फेडेरेसनले यसअघि नै सार्वजनिक गरेको ड्र अनुसार ८ राष्ट्रले मात्र खेल्ने तय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook