साउन २७, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

रक्षाबन्धन बाँध्न तथा नयाँ जनै फेर्न शुक्रबार बिहानैदेखि विभिन्न मठ मन्दिर परिसर, वाग्मती नदी किनारमा भक्तजनको भीड लागेको छ ।








