आज ८ सय ६८ जनामा काेराेना पुष्टि, ३ जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ श्रावण २५, बुधबार १६:३७ २०७९ श्रावण २५, बुधबार १६:३७ २०७९ श्रावण २५, बुधबार १६:३७

साउन २५, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण गर्दा आठ सय ६८ जनामा सङ्क्रमण पुष्टि हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । यही अवधिमा चार सय १४ जना सङ्क्रमित निको भएका छन् ।

हाल नेपालमा पाँच हजार आठ सय ८५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook