साउन २४, काठमाडौं । नेपालमा एकै दिन एक हजार बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज (मंगलबार) १ हजार ९० जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयकाअनुसार ५६० जनाको पीसीआरबाट र ५३० जनाको एन्टिजेनबाट संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनबाट आज दुई जनाको मृत्यु भएको छ । कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ ।
