सिट बाँडफाँटका लागि बनेको कार्यदलको पहिलो बैठक आज बस्दै

Byपहिलो सुचना

२०७९ श्रावण २३, सोमबार ०८:१० २०७९ श्रावण २३, सोमबार ०८:१० २०७९ श्रावण २३, सोमबार ०८:१०

साउन २३, काठमाडौं । सरकारले मङ्सिर ४ गते तोकेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

गठबन्धनले यहि साउन २० गते पाँचवटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook