साउन १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख घुस सहित पक्राउ गरेको छ ।
उनलाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
भण्डारीकाअनुसार उनीविरुद्ध पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले उनलाई ६ लाख घुस सहित पक्राउ गरेको हो । यस घटनामा थप अनुसन्धान भइरहेको छ ।
