साउन १६, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।
तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान श्रीमती र दुई छोराछोरीको शव फेला परेको हो । गोरखा स्थायी घर भएका दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिकाको मृत्युु भएको हो ।
पाण्डेको श्रीमती र दुई छोराछोरीको शव एउटा कोठामा भेटिएको छ भने पाण्डेको शव अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।
