जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

Byपहिलो सुचना

२०७९ श्रावण १५, आईतवार ११:४८ २०७९ श्रावण १५, आईतवार ११:४८ २०७९ श्रावण १५, आईतवार ११:४८

साउन १५, काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । शर्माले आजै शपथ ग्रहण गर्ने तयारी रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अर्थमन्त्रीमा शर्माको नाम सिफारिस गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न समिती पनि गठन गरेको थियो । समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगरेको प्रतिवेदन शुक्रबार बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook