एसईईको नतिजा प्रकाशित

Byपहिलो सुचना

२०७९ श्रावण ११, बुधबार १६:१० २०७९ श्रावण ११, बुधबार १६:१० २०७९ श्रावण ११, बुधबार १६:१०

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ ।

पाँच लाख १४ हजार सात सय ६० जनाले यसवर्ष एसईई परीक्षा दिएका थिए । परिक्षामा नौ हजार ६३३ जनाले ३.५ देखि ४ जीपीए ल्याएका छन् । गत वैशाखमा एसईई परीक्षा भएको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook