खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

Byपहिलो सुचना

२०७९ श्रावण ११, बुधबार ०७:२९ २०७९ श्रावण ११, बुधबार ०७:२९ २०७९ श्रावण ११, बुधबार ०७:२९

साउन ११, त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ ।

बेलकोटगढीको वडा नम्बर १० र १२ हुँदै बगेको बेलकोट खोलाले मंगलबार साँझ बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

खेतमा काम गरेर फर्कने क्रममा वडा नम्बर १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।

तामाङको शव करिब एक किलोमिटर तल वडा नम्बर १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उनी महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook