अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

Byपहिलो सुचना

२०७९ श्रावण १०, मंगलवार ०९:३८ २०७९ श्रावण १०, मंगलवार ०९:३८ २०७९ श्रावण १०, मंगलवार ०९:३८

साउन १०, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि पुन: सञ्चालनमा आएको छ ।

आज बिहान करिब ३ बजेदेखि पहिरोले यो सडकखण्ड अवरूद्ध भएको थियो ।

बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो । डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारी साधन निर्वाधरूपमा सञ्चालन भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook