ज्ञानकाजी तामाङ । साउन ८, सेन फ्रान्सिस्को, क्यालिफोर्निया । किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया अमेरिकाको आयोजनामा लिम्बु समुदायको विशेष पर्व सिसे:क्पा तङ्नाम सम्पन्न भएको छ ।

यो किरात सम्वत अर्थात येले तङ्भे ५०८२ काे सिसे:क्पा भनेर पनि बुझिन्छ ।
“प्रकृतीलाई माया गरौं, प्रकृतीलाई न्याया गरौं” भन्ने मुल नाराको साथ शनिबार अमेरिकाको क्यालिफोर्निया राज्यको ब्रक्ली मारिना फर्कमा सम्पन्न सो कार्यक्रममा च्याब्रुङ नाच, तक्लुङ, छेलोजस्ता मौलिक परम्परागत प्रस्तुतिका साथ सम्पन्न भयो ।

साउने संक्रान्तिको दिन मनाइने यो पर्वको लिम्बु समुदायमा विशेष ऐतिहासिक महत्व रहेको पाइन्छ । परापुर्व कालमा म़ाङहाङ राजाको शासनकालमा ठुलो दैविक प्रकोपको सामना गर्नु परेको र सोहि कारणबाट सिर्जित अनिकालको कारुणिक काहानीसंग यो पर्वले सम्बन्ध राख्दछ । सो बेलामा भोकमरीको कारणले कैयौं जनताले ज्यान गएकाले उनको राज्य नै संकटमा पर्न गएको बताइन्छ । त्यो विपत्तिबाट प्रकृतिले नै मकै, आलु जस्ता अन्न पाक्ने मौसम बनाएर उनको जनतालाई बचाएको भनेर मानिन्छ ।

“प्रकृतिले आफ्नो जनतालाई बचाईदिएकोमा खुसी भएर धन्यबाद स्वरुप प्रकृतिलाई पुजा गर्ने प्रचलन सुरु भएको मानिन्छ । सोहि बेलादेखि यो पर्व मनाउने प्रचलन सुरु गरिएको हो,” किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया अमेरिकाको अध्यक्ष तेज लिम्बुले बताए ।
कार्यक्रमका केहि झलकहरु:









