चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ

Byपहिलो सुचना

२०७९ श्रावण ६, शुक्रबार ०७:५० २०७९ श्रावण ६, शुक्रबार ०७:५० २०७९ श्रावण ६, शुक्रबार ०७:५०
Arrest

साउन ५, काठमाडौं । व्यक्तिको चरित्र हत्या गरेको आरोपमा एक जना ट्याक्सी चालक पक्राउ परेका छन्।

प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौं बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको हो।

प्रहरी साइबर ब्युरोका अनुसार लामामाथि लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको चरित्र हत्या गरेको आरोप छ। लामाले पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो। उनीमाथि बिहीबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

लामाले नक्कली फेसबुक एकाउन्टबाट ती व्यक्तिको फोटो राखी म्यासेन्जरमार्फत उनका साथीहरूसँग कुराकानी गरी पैसासमेत मागेको खुलेको छ।

उनले पीडितका बारेमा अफवाह फैलाएको समेत पाइएको ब्युरोले जनाएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook