श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

Byपहिलो सुचना

२०७९ श्रावण ४, बुधबार १४:१९ २०७९ श्रावण ४, बुधबार १४:१९ २०७९ श्रावण ४, बुधबार १४:१९

साउन ४, कोलम्बो । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook