असार ३०, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका – ८ मा चितुवाकाे आक्रमणमा परी पाँच जना घाइते भएका छन् । आक्रमणमा एकै परिवारका ४ सहित ५ जना घाइते भएका हुन् ।
घाइते हुनेमा २५ वर्षीय राम भट्टराई, उनकी आमा सरस्वती, ५० वर्षीय बुबा कुमार, हजुरआमा सानीमैयाँ घाइते भएका छन् । त्यस्तै चितुवा भगाउन सहयोग गर्ने छिमेकी २६ वर्षीय सुविन कार्की पनि घाइते भएका छन् ।
गए राति १ बजेतिर राम भट्टराईकाे लोकल कुखुराको छाप्रोमा चितुवा प्रवेश गरेको थियो ।
घाइतेहरूकाे सीतापाइलास्थित मनमाेहन अस्पतालमा उपचार भइरहेकाे छ ।
