उपसभामुख निर्वाचन ३१ गते हुने

Byपहिलो सुचना

२०७९ असार २९, बुधबार ११:३२ २०७९ असार २९, बुधबार ११:३२ २०७९ असार २९, बुधबार ११:३२

असार २९, काठमाडौं । उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ ।

प्रतिनिधिसभामा उपसभामुख पद रिक्त भएको करिब ३ वर्षपछि निर्वाचनद्वारा उपसभामुख छनोट हुन लागेको हो । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook