विश्व कीर्तिमान रचेर फर्केका राजु लामालाई गरे सम्मान

ByGyan Kaji Tamang

२०७९ असार २७, सोमबार १२:१६ २०७९ असार २७, सोमबार १२:१६ २०७९ असार २७, सोमबार १२:१६
सम्मान पत्र ग्रहण गर्दै राजु लामा

ज्ञानकाजी तामाङ, असार २७, क्यालिफोर्निया । विश्वकै अग्लो ठाँउमा कन्सर्ट गरि विश्व कीर्तिमान राखेर फर्केका गायक राजु लामालाई सम्मान गरिएको छ । आईतवार क्यालिफोर्नियाको रिचमण्डमा तामाङ कोअपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले एक कार्यक्रम आयोजना गर्दै लामालाई सम्मान गरेका छन् ।

उनले हालसालै विश्वकै अग्लो ठाँउमा कन्सर्ट गरि विश्व कीर्तिमान राखेर फर्केका थिए । विश्वव्यापी रुपमा जलवायु परिवर्तनको कारणले परेको असर बारे विश्व समुदायको ध्यान जाओस् भन्ने उदेश्यले गत जेठ २ गते सोमवार उनको समुहले सगरमाथा आरोहण गरेका थिए भने सोहि क्रममा क्याम्प ३ भन्दा माथि ७९०० मिटर उचाईमा २० मिनेट सम्म एकल सांगितिक प्रस्तुति (गित गाएर) दिएर विश्वको ध्यान तानेका थिए ।

कार्यक्रममा बोल्दै उनले भने, “जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको थियौं हामी सफल पनि भयौ । अब प्रकृतिक संरक्षणको लागि निरन्तर खटिरहने छु । हामी चाडैं हरियाली काठमाण्डौ बनाउने योजना ल्याउदै छौं त्यसको लागि मेरो व्यत्तिगत रुपमा २ हजार बिरुवा रोपिनेछ भने तपाईहरु पनि यो अभियानमा सामेल हुन सक्नुहुनेछ ।”

उनको आगमी उक्त कार्यक्रमको लागि तामाङ कोअपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले आर्थिक रुपमा व्यक्तिगत र सस्थागत सहयोग गर्ने जानकारी सस्थाको अध्यक्ष शेर तामाङले बताए ।

सम्मान समारोहमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook