भूकम्पको धक्का महसुस

Byपहिलो सुचना

२०७९ असार २६, आईतवार २१:२३ २०७९ असार २६, आईतवार २१:२३ २०७९ असार २६, आईतवार २१:२३

असार २६, सुर्खेत । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।

भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

यसअघि गत जेठ २४, वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपहाडमा भूकम्प गएको थियो। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook