सकड खन्दा बम भेटियो

Byपहिलो सुचना

२०७८ श्रावण २३, शनिबार १०:५६ २०७८ श्रावण २३, शनिबार १०:५६ २०७८ श्रावण २३, शनिबार १०:५६

साउन २४, काठमाडौँ। सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा बम फेला परेको छ। ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको प्रहरीले जनाएको छ। 

इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेट बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। फेला परेको बस्तु ग्रिनेट बम भएको नेपाली सेनाले जनाएको छ।

उक्त बम सैनिक टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook