विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

Byपहिलो सुचना

२०७९ असार २४, शुक्रबार १२:२५ २०७९ असार २४, शुक्रबार १२:२५ २०७९ असार २४, शुक्रबार १२:२५

असार २४, वासिङ्टन । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ ।    

एक सयभन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउनेछन् ।    

जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् जसमा एयर स्पोर्ट्स, वाटरस्की र वेकबोर्ड, उसु, फ्लाइङ डिस्क, फ्ल्याग फुटबललगायतका खेलहरू समावेश गरिएको छ ।    

अन्तर्राष्ट्रिय विश्व खेल सङ्घद्वारा आयोजित र अन्तरराष्ट्रिय ओलम्पिक समितिद्वारा समर्थित यो विश्व खेलकुद ११ दिनसम्म जारी रहने अन्तर्राष्ट्रिय स्तरको एक बहुखेल प्रतियोगिता हो ।    

यो प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिक खेलहरूपछि सान्ता क्लारामा पहिलो संस्करणबाट सन् १९८१ देखि आयोजना हुँदै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook