न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ६३ लाख २० हजार ठगी गरेको आरोपमा एक जना पक्राउ

Byपहिलो सुचना

२०७९ असार २२, बुधबार १३:५८ २०७९ असार २२, बुधबार १३:५८ २०७९ असार २२, बुधबार १३:५८

असार २२, काठमाडौं । न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ९ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीय शोभा पौडेललाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यअनुसार पौडेललाई सिन्धुली दुधौली नगरपालिका-१ बँका घर भई काठमाडौंको तीनकुने बस्ने ३१ वर्षीय नारायण बोगटीसहित ९ जनालाई ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनले प्रत्येक व्यक्तिलाई १२ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेर प्रतिष्ठित कृषि कम्पनीमा फलफुल टिप्ने काममा लगाइदिन्छु भनेकी थिइन् । मासिक एक लाख ७० हजार तलब हुने भन्दै प्रलोभनमा पारी उनी ६३ लाख २० हजार रकम लिएर सम्पर्कबिहीन भएको भन्ने उजुरी परेको प्रहरीले बताए । 

वैदेशिक रोजगार विभागबाट कार्यालयलाई पत्राचार गरेपछि प्रहरीले उनलाई मंगलबार कपनबाट पक्राउ गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook