कोपनहेगनको सपिङ मलमा गोलीबारीबाट ३ जनाको मृत्यु, ३ घाइते

Byपहिलो सुचना

२०७९ असार २०, सोमबार ०७:५८ २०७९ असार २०, सोमबार ०७:५८ २०७९ असार २०, सोमबार ०७:५८

असार २०, काठमाडौं । डेनमार्कको सबैभन्दा ठुलो सपिङ मलहरू मध्ये एकमा एक जना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन् । अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आम मानिसमा आतंक फैलाउने आक्रमण गरेको आरोपमा २२ वर्षीय व्यक्तिलाई पक्राउ गरी अभियोग लगाइएको छ ।

प्रहरी प्रमुख सोरेन थोमसेनले आक्रमणको कारण स्पष्ट नभएको र उनले उक्त कार्यलाई ‘आतङ्कवाद सम्बन्धी कार्य’ होइन भन्न नसकिने बताए ।

प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताए । मृतकका आफन्तलाई समवेदना सन्देशसहित उनले सम्पूर्ण डेनिशहरूलाई यस कठिन घडीमा एकअर्कालाई साथ र सहयोग प्रदान गर्न प्रोत्साहित गर्न चाहेको बताइन् । (बीबीसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook