बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै

Byपहिलो सुचना

२०७९ असार १४, मंगलवार १०:४९ २०७९ असार १४, मंगलवार १०:४९ २०७९ असार १४, मंगलवार १०:४९

असार १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका पुर्वउपाध्यक्ष बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

नयाँ दलको औपचारिक घोषणा गर्नको लागि उनले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन् । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे उनले पत्रकार सम्मेलन गर्दैछन् ।

राष्ट्रिय सभाका सांसद गौतमले केही समय अघि नेकपा एमाले छोडेका थिए । उनले नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए । शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए । तर एकीकरण नहुने भएपछी नयाँ दल गठन गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook