काठमाडौं उपत्यकामा १२ जनामा देखियो हैजा

Byपहिलो सुचना

२०७९ असार १३, सोमबार १५:४६ २०७९ असार १३, सोमबार १५:४६ २०७९ असार १३, सोमबार १५:४६

असार १३, काठमाडौं । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । 

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ ।

यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनिहरु कामपा–२८ बागबजारमा बस्दै आएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook