नागरिकको ढाड सेक्नेगरी इन्धनमा मूल्यवृद्धि – सांसद पद्मा अर्याल

Byपहिलो सुचना

२०७९ असार ६, सोमबार १६:०५ २०७९ असार ६, सोमबार १६:०५ २०७९ असार ६, सोमबार १६:०५
Petrol_Oil

असार ६, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ बराबर पुगेको छ । 

बैठक सुरू भएलगत्तै नेकपा (एमाले) का सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाइन् । उनले पेट्रोल पम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाइन् ।

हेर्दा सामान्य रूपमा इन्धनको मूल्यवृद्धि भएको देखिए पनि यसले बजारमा चरम महँगी बढाउने भन्दै जनता निरास बनाउने काम गरिएको उनको भनाइ थियो ।

छोटो-छोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको उनले बताइन् ।

उनले मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने जिकिर गरिन् ।

सांसद अर्यालको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई उचित जवाफ दिन निर्देशन दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook