जेठ २७, काठमाडौं । काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको छ । बिहिबार राती भएको वार्ता अनुसार अब काठमाडौं उपत्यकाको फोहोर अबदेखि रातिमात्र व्यवस्थापन गर्न लैजाने गरि सहमति भएको हो ।
बैठकमा आन्दोलनरत स्थानीयदेखि स्थानीय वडाअध्यक्षहरूको उपस्थितिमा सहमति भएको हो ।
फोहोर ढुवानी दीर्घकालीन रुपमा रातीको समयमा गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने, प्रभावित क्षेत्रको विकासका लागि बजेट छुट्टाउने लगायतका कार्यहरु समयसिमा तोकेर गर्ने सहमती भएको हो ।
सहमति पत्रमा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका – १ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।


